Magazine Theme

तिहार नजिँकिदै गर्दा माडीमा व्यवसायिक पुष्प किसानहरुको खेतमा सयपत्री फुल ढकमक्क

Your ads banner
Sayapatri
Your ads banner

चितवन । तिहार पर्व नजिँकिदै गर्दा माडीमा व्यवसायिक फुलखेती गरेका किसानहरुको खेतमा सयपत्री फुल ढकमक्क फुलेको छ । मुख्यतः माडी नगरपालिका वडा नं. ६ मा एक दर्जन बढी कृषकहरुले व्यवसायिक फुलखेती गरेकोमा हाल सयपत्री फुल फुलेर ढकमक्क देखिएको हो ।

विज्ञापन १
Ntc Ads

वडा नं. ६ कार्यालयले पछिल्लो तीन बर्षदेखि व्यवसायिक फूल खेती प्रवर्द्धन कार्यक्रम अन्तरगत पुष्प कृषकहरुलाई अनुदानमा फूलको बिरुवा वितरण गर्दै आएको वडाध्यक्ष दीपेन्द्रराज पौडेलले बताउनुभयो । गतबर्ष तिहारको समयमा सयपत्री फुल र त्यसबाट बनेको माला विक्री गरी सापेक्षित राम्रै आम्दानी गरेको व्यवसायिक पुष्पखेती गर्ने एक कृषक प्रेम बिष्टले बताउनुभयो ।

विज्ञापन २
Your ads banner

पछिल्लो समय, माडी नगरपालिकाले तिहार लगायत चाडपर्व, कार्यक्रम र मेलामहोत्सवमा प्लाष्टिकको माला प्रयोग नगरी फूलकै माला प्रयोगलाई प्रोत्साहनको नीति लिएको छ । नगरपालिकाको २२औं कार्यपालिका बैठकले प्लाष्टिकजन्य मालाको प्रयोग नगरी स्थानीय कृषकहरूले उत्पादन गरी तयार गरेको फूलकै माला प्रयोग गर्न नगरवासीमा सार्वजनिक अनुरोध गरेको थियो ।

हाल माडी नगरपालिका सयपत्री, मखमली लगायतका अन्य फूलहरूको उत्पादनमा आत्मनिर्भर भएको अवस्था छ । व्यवसायिक कृषकहरुको उत्पादन बाहेक हरेकजसो घरहरुमा पनि मालाका लागि फूलहरु फूलेका छन् ।

Your ads banner
Gravatar

Lila Ballabh

About Author

The was popularised in their morwith the release offer Letraset sheeteis Moreme assages and more recently with desktop publishing software.m dolor sit amet consectetur adipiscing elit.

तपाईको प्रतिक्रिया

ताजा समाचार

माडी नगरमा विध्युत आपूर्ति अनियमित हुँदै, दिनहुँजसो बिनासूचना घण्टौंसम्म बिजुली अवरुद्ध

  • मङ्गलबार, असार ३१, २०८२
NEA-Chanauli

माडीको सिमरा गाउँ जोड्ने रीउ नदी झोलुङ्गे पुलको सामानहरु माडी ल्याइयो

  • मङ्गलबार, असार ३१, २०८२
Simaa-Jholunge-Pul

माडी क्षेत्रमा चलेको ठूलो हावाहुण्डरीका कारण केहि घरको छानो उडायो, स्कुल र रेडियोमा पनि क्षति

  • मङ्गलबार, असार ३१, २०८२
Hawako-Binas-Madi

बज्रगुरु कन्स्ट्रक्सन : काममा ढिलासुस्तीको पर्याय; माडीमा कालोपत्रे पुरा गर्ने छाँटकाँट देखिएन

  • आइतबार, जेठ ०४, २०८२
Bajraguru Road

नोरासँग ‘बेली डान्स’ गरेपछि इन्टरनेटमा धेरै खोजिएका नेपाली टिकटकर को हुन् ?

  • आइतबार, जेठ ०४, २०८२
nora_fatehi_tiktokor

सोमेश्वरगढी मेलाको तयारी अन्तिम चरणमा, मन्दिर क्षेत्रमा मदिरा सेवन र बिक्रीवितरण प्रतिबन्धित

  • शनिबार, चैत १६, २०८१
Someshwar-Mandir