Magazine Theme

माडीको खैरहनी गाउँमा डम्पिङ गरेको खानेपानी पाइपमा आगलागी हुँदा करीब ७ लाख रुपैंयाको क्षती

Your ads banner
Pipe Aaglagi
Your ads banner

माडी, चितवन । माडीको खैरहनी गाउँमा डम्पिङ गरेको खानेपानी पाइपमा आगलागी हुँदा करीब ७ लाख रुपैंयाको क्षती भएको छ । माडी-४, खैरहनी गाउँमा विगत डेढ बर्षदेखि भण्डार (स्टोर) गरी राखिएको डेढ ईञ्च, २ ईन्च र ८ ईञ्च मोटाइका प्लास्टिकका रोल पाइपमा आगलागी हँदा सो क्षती भएको हो ।

विज्ञापन १
Ntc Ads

आगलागी भएका पाइपहरु संघीय सरकारको सहयोगमा माडीको वडा नं. ४ र वडा नं. २ क्षेत्रभर खानेपानी विस्तारका निम्ति सञ्चालित माडी नगरपालिका खानेपानी आयोजनाका रहेका हुन् ।

विज्ञापन २
Your ads banner

आगलागी भएसंगै माडी नगरपालिकाको दकमल र स्थानीयबासीहरुको सामुहिक प्रयासमा आगो नियन्त्रणमा आएको थियो । दमकल र स्थानीयको प्रयासमा आगलागी फैलनबाट जोगिएको थियो भने भण्डारमा रहेका आगो सल्कन नपाएका केहि पाइपहरु पनि जोगिएका थिए ।

आगलागीको यथार्थ कारण थाहा हुन नसकेपछि शिवरात्रीको साँझ गाँजा वा अन्य लागुपदार्थ सेवन गरेकाहरुको उपद्रव कार्य हुनसक्ने स्थानीयको आशंका छ । माडीमा यसअघि बरुवास्थित गर्दी खानेपानीको पाइपमा समेत आगलागी भएको थियो ।

Your ads banner
Gravatar

Lila Ballabh

About Author

विद्युतीय वायरिङ, प्लम्बिङ, मोबाइल एप डेभलपमेन्ट तथा WordPress वेबसाइट निर्माणमा अनुभवी प्राविधिक। गुणस्तरीय र भरपर्दो सेवामा प्रतिबद्ध।

तपाईको प्रतिक्रिया

ताजा समाचार

मतदाता संख्या घट्नुमा निर्वाचन आयोगकै अपुष्ट सूचना जिम्मेवार?

  • बिहिबार, फागुन २१, २०८२

जनकराज भुसाल ‘भुपराज पाठक स्मृति शिक्षक पुरस्कार’ बाट सम्मानित

  • मङ्गलबार, फागुन १२, २०८२

श्री राष्ट्रिय आधारभुत विद्यालय रतनीमा प्राविधिक सीप तालिम सम्पन्न: विद्यार्थीहरू लाभान्वित

  • मङ्गलबार, कार्तिक २५, २०८२

माडी नगरमा विध्युत आपूर्ति अनियमित हुँदै, दिनहुँजसो बिनासूचना घण्टौंसम्म बिजुली अवरुद्ध

  • मङ्गलबार, असार ३१, २०८२
NEA-Chanauli

माडीको सिमरा गाउँ जोड्ने रीउ नदी झोलुङ्गे पुलको सामानहरु माडी ल्याइयो

  • मङ्गलबार, असार ३१, २०८२
Simaa-Jholunge-Pul

माडी क्षेत्रमा चलेको ठूलो हावाहुण्डरीका कारण केहि घरको छानो उडायो, स्कुल र रेडियोमा पनि क्षति

  • मङ्गलबार, असार ३१, २०८२
Hawako-Binas-Madi