Magazine Theme

प्रिती पासवान र पल शाहले होली पर्वमा माडीका र माडी आएका दर्शकहरुलाई नचाउँने

Your ads banner
Paul Shah
Your ads banner

माडी, चितवन । चर्चित भोजपुरी डान्सर (नृत्याङ्गना) प्रिती पासवान र नायक पल शाहले आउँदो होली पर्वमा माडीका र माडी आएका दर्शकहरुलाई नचाउँने भएका छिन् ।

विज्ञापन १
Ntc Ads

माडी कला केन्द्रको आयोजना एवं रेडियो माडीको सहआयोजना तथा माडी कला, साहित्य तथा साँस्कृतिक मञ्च, बसन्तपुर युनाइटेड क्लब, बसन्तपुर युथ क्लब, माडी इभेन्ट्स लगायतका संघसंस्थाहरुको सहयोगमा होली पर्वको सन्दर्भ पारी आयोजित १० दिन दोश्रो साँस्कृतिक तथा पर्यटन मेलामा नृत्याङ्गना प्रिती पासवान र नायक पल शाहको विशेष प्रस्तुति रहने भएको हो ।

विज्ञापन २
Your ads banner

मेला फागुन २२ गते विहिबारदेखि चैत्र २ गते शनिवारसम्म बसन्तपुर बजारस्थित माडी मा.वि.को (खुला) चौरमा सञ्चालन हुने भएको माडी कला केन्द्रका अध्यक्ष हरिकृष्ण लामिछानेले जनाउनुभयो । मेलामा कृषि उपज प्रदर्शनी, माडीका स्थानीय उत्पादनहरुको विशेष प्रदर्शनी, बाल उद्यान र मुख्य आकर्षणका रुपमा वाटर टनेल समेत रहने उहाँले जनाउनुभयो ।

मेलामा नेपाली जनगायक जीवन शर्मा र गायकहरु दुर्गेश थापा, बद्री पंगेनी, अनु चौधरी, एलिना चौहान, हेमन्त शर्मा, पशुपति शर्मा, ज्योति मगर, श्याम राना, र्यापर जिबब र मिस्टर डी लगायतको प्रस्तुति रहने निश्चित भइसकेको र थप चर्चित कलाकारहरुसंग समन्वय भइरहेको आयोजकले जनाएको छ ।

Your ads banner
Gravatar

Lila Ballabh

About Author

विद्युतीय वायरिङ, प्लम्बिङ, मोबाइल एप डेभलपमेन्ट तथा WordPress वेबसाइट निर्माणमा अनुभवी प्राविधिक। गुणस्तरीय र भरपर्दो सेवामा प्रतिबद्ध।

तपाईको प्रतिक्रिया

ताजा समाचार

माडी महोत्सवमा पत्रकारमाथि दुर्व्यवहारको आरोप

  • आइतबार, बैशाख १३, २०८३

मतदाता संख्या घट्नुमा निर्वाचन आयोगकै अपुष्ट सूचना जिम्मेवार?

  • बिहिबार, फागुन २१, २०८२

जनकराज भुसाल ‘भुपराज पाठक स्मृति शिक्षक पुरस्कार’ बाट सम्मानित

  • मङ्गलबार, फागुन १२, २०८२

श्री राष्ट्रिय आधारभुत विद्यालय रतनीमा प्राविधिक सीप तालिम सम्पन्न: विद्यार्थीहरू लाभान्वित

  • मङ्गलबार, कार्तिक २५, २०८२

माडी नगरमा विध्युत आपूर्ति अनियमित हुँदै, दिनहुँजसो बिनासूचना घण्टौंसम्म बिजुली अवरुद्ध

  • मङ्गलबार, असार ३१, २०८२
NEA-Chanauli

माडीको सिमरा गाउँ जोड्ने रीउ नदी झोलुङ्गे पुलको सामानहरु माडी ल्याइयो

  • मङ्गलबार, असार ३१, २०८२
Simaa-Jholunge-Pul