Magazine Theme

माडीको सिमरा गाउँ जोड्ने रीउ नदी झोलुङ्गे पुलको सामानहरु माडी ल्याइयो

Your ads banner
Simaa-Jholunge-Pul
Your ads banner

माडी, चितवन । माडीको सिमरा गाउँ जोड्ने रीउ नदी झोलुङ्गे पुलको सामानहरु माडी ल्याइएको छ । नगरपालिकाको पहल र दबाबपछि पुल निर्माणका लागि आवश्यक सामग्रीहरू खरिद भई माडी पठाइएको हो ।

विज्ञापन १
Ntc Ads

२ वटा ट्रकमार्फत केही सामग्रीहरू माडी आइसकेका छन् भने पुलका लागि आवश्यक लठ्ठा अझै आउन बाँकी रहेको निर्माण पक्षले जनाएको छ । मौसम अनुकूल रहेमा श्रावण महिनाभित्रै बाँकी सामग्री पनि माडी आइपुग्ने र काम सुरु गरिने बताइएको छ ।

विज्ञापन २
Your ads banner

नेपाल सरकारको सहरी विकास मन्त्रालय अन्तर्गत सस्पेन्सन ब्रिज डिभिजन कार्यालय, ललितपुरद्वारा माडी नगरपालिका-३, सिमरा जाने बाटोको रीउ खोलामा निर्माण सुरु गरिएको सो झोलुङ्गे पुल लामो समयदेखि अलपत्र अवस्थामा रहेको छ । २०७८ मंसिर २३ गते शिलान्यास गरिएको ३३६ मिटर लामो झोलुङ्गे पुल निर्माणमा निरन्तरता नहुनाले काम ढिलो हुँदै आएको छ ।

पुल निर्माण सम्पन्न नहुँदा सिमरा क्षेत्रका करिब ७५ घरपरिवार अझै पनि दैनिक रुपमा जोखिम मोलेर खोला तर्न बाध्य छन् । बर्षातको समयमा खोला पार गर्ने झनै कठिन हुने भएकाले स्थानीयवासीहरू पुल छिटो निर्माण सम्पन्न गरिनुपर्ने माग गर्दै आएका छन् ।

Your ads banner
Gravatar

Lila Ballabh

About Author

विद्युतीय वायरिङ, प्लम्बिङ, मोबाइल एप डेभलपमेन्ट तथा WordPress वेबसाइट निर्माणमा अनुभवी प्राविधिक। गुणस्तरीय र भरपर्दो सेवामा प्रतिबद्ध।

तपाईको प्रतिक्रिया

ताजा समाचार

माडी महोत्सवमा पत्रकारमाथि दुर्व्यवहारको आरोप

  • आइतबार, बैशाख १३, २०८३

मतदाता संख्या घट्नुमा निर्वाचन आयोगकै अपुष्ट सूचना जिम्मेवार?

  • बिहिबार, फागुन २१, २०८२

जनकराज भुसाल ‘भुपराज पाठक स्मृति शिक्षक पुरस्कार’ बाट सम्मानित

  • मङ्गलबार, फागुन १२, २०८२

श्री राष्ट्रिय आधारभुत विद्यालय रतनीमा प्राविधिक सीप तालिम सम्पन्न: विद्यार्थीहरू लाभान्वित

  • मङ्गलबार, कार्तिक २५, २०८२

माडी नगरमा विध्युत आपूर्ति अनियमित हुँदै, दिनहुँजसो बिनासूचना घण्टौंसम्म बिजुली अवरुद्ध

  • मङ्गलबार, असार ३१, २०८२
NEA-Chanauli

माडीको सिमरा गाउँ जोड्ने रीउ नदी झोलुङ्गे पुलको सामानहरु माडी ल्याइयो

  • मङ्गलबार, असार ३१, २०८२
Simaa-Jholunge-Pul