Magazine Theme

माडीको गोद्धक क्षेत्रस्थित परशुराम धाममा एसियाकै भीमकाय बञ्चरो प्रतिस्थापन हुँदै

Your ads banner
Picture
Your ads banner

माडी, चितवन । माडीको चक्रशीला धाममा नेपालकै ठूलो शालिग्राम (चक्र) शीला स्थापनाको ठीक एक बर्षपछि परशुराम धाममा भीमकाय आकारको बञ्चरो (परशु) प्रतिस्थापन हुँदैछ ।

विज्ञापन १
Ntc Ads

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका मुर्तीकला विभाग प्रमुख एवं माडीका मुर्तीकार दिनेश्वर महतो नेतृत्वको टोलीले काठमाडौंमा तयार गरेको परशु गएराती माडी ल्याइएको माडीका नगर उपप्रमुख खेमप्रसाद महतोले जानकारी दिनुभयो । हरिबोधनी एकादशी पर्वकै अवसर पारी गतबर्ष चक्रशीला माडी ल्याइएको थियो ।

विज्ञापन २
Your ads banner

परशुलाई मंगलबार (आज) माडी उपत्यकाभर एवं छरछरे मेलास्थलमा शोभायात्रासहित प्रदर्शन गरिने परशुराम पार्क निर्माण समितिका कोषाध्यक्ष एवम् बन्चरो निर्माण अभियानका अभियन्ता रामजी पण्डितले जनाउनुभयो।

समग्र गोद्धक परशुराम क्षेत्रको पर्यटन विकास गर्दै माडीलाई पर्यटकीय आकर्षणको केन्द्र बनाउन परशुरामको हतियारको प्रतिक २७ फिट अग्लो परशु (बञ्चरो)को प्रतिमा निर्माण गरिएको हो । प्रकृतिप्रेमी भगवान परशुरामको पुण्य भूमि रहेको माडीमा स्थापित हुने सो संरचना ’एसिया प्रायद्वीपकै अग्लो परशु (बञ्चरो)’का रुपमा चर्चित रहनेछ ।

Your ads banner
Gravatar

Lila Ballabh

About Author

विद्युतीय वायरिङ, प्लम्बिङ, मोबाइल एप डेभलपमेन्ट तथा WordPress वेबसाइट निर्माणमा अनुभवी प्राविधिक। गुणस्तरीय र भरपर्दो सेवामा प्रतिबद्ध।

तपाईको प्रतिक्रिया

ताजा समाचार

माडी महोत्सवमा पत्रकारमाथि दुर्व्यवहारको आरोप

  • आइतबार, बैशाख १३, २०८३

मतदाता संख्या घट्नुमा निर्वाचन आयोगकै अपुष्ट सूचना जिम्मेवार?

  • बिहिबार, फागुन २१, २०८२

जनकराज भुसाल ‘भुपराज पाठक स्मृति शिक्षक पुरस्कार’ बाट सम्मानित

  • मङ्गलबार, फागुन १२, २०८२

श्री राष्ट्रिय आधारभुत विद्यालय रतनीमा प्राविधिक सीप तालिम सम्पन्न: विद्यार्थीहरू लाभान्वित

  • मङ्गलबार, कार्तिक २५, २०८२

माडी नगरमा विध्युत आपूर्ति अनियमित हुँदै, दिनहुँजसो बिनासूचना घण्टौंसम्म बिजुली अवरुद्ध

  • मङ्गलबार, असार ३१, २०८२
NEA-Chanauli

माडीको सिमरा गाउँ जोड्ने रीउ नदी झोलुङ्गे पुलको सामानहरु माडी ल्याइयो

  • मङ्गलबार, असार ३१, २०८२
Simaa-Jholunge-Pul