Magazine Theme

नोरासँग ‘बेली डान्स’ गरेपछि इन्टरनेटमा धेरै खोजिएका नेपाली टिकटकर को हुन् ?

Your ads banner
nora_fatehi_tiktokor
Your ads banner

काठमाडौं । नृत्यको जादु देखाउन बलिउड डान्सर नोरा फतेही नेपाल आएकी थिइन् । उनका ‘डान्स मूभ्स’ यस्ता हुन्छन्, जसले दुनियाँको ध्यान तान्छ । फतेही भारतमा मात्रै होइन, नेपालमा पनि उत्तिकै लोकप्रिय छन् ।

विज्ञापन १
Ntc Ads

‘दिलबर’, ‘कमरिया’जस्ता हिट गीतमा उनले प्रस्तुत गरेको जबर्जस्त डान्सले उनलाई ‘डान्सिङ डिभा’ बनाएको छ । युट्युब, टिकटक, इन्स्टाग्रामजस्ता सोसल मिडियामा उनलाई पछ्याउने नेपालीको संख्या ठूलो छ ।

विज्ञापन २
Your ads banner

नेपालमा पनि उनको डान्स र फेसन शैलीलाई पछ्याउनेको जमात छ । शनिबार बेलुका बौद्धस्थित हायात चौरमा नोराप्रति नेपालीको क्रेज छताछुल्ल पोखियो । राती १० बजेसम्म उनको एक झलक हेर्न पुगेका नेपाली फ्यान धेरै थिए ।

केही नेपाली फ्यान त स्टेजमै चढेर उनीसँगै नाचे । तीमध्ये एक हुन् गौरव सिटौला । स्टेजमा नोरासँगै बेली डान्स गरेका उनको चर्चा यतिबेला सामाजिक संजालमा भैरहेको छ भने भिडियो भाइरल छ ।

सामाजिक संजालमा राम्रै फलोअर्स भएका गौरव दर्शकको भीडमा थिए । भीडमा उभिएका गौरवलाई फतेहीले स्टेजबाटै औंल्याउँदै भनिन्, ‘म तिमीलाई चिन्छु, तिम्रो नाम के रे ?’ त्यसपछि गौरवले आफ्नो नाम बताएपछि नोराले उनले बनाएका डान्स भिडियोलाई टिकटकमा हेरेको, उनको कोरियोग्राफी आफूलाई मन परेको र आफैंले सेयर समेत गरेको जानकारी दिइन् ।

यसपछि स्टेजमै उनलाई नाच्न निम्त्याइयो । स्टेजमै यस्तो प्रशंसा पाएपछि गौरव एकाएक सामाजिक सञ्जालमा हटकेक बने ।

टिकटक संसारमा गौरव नयाँ नाम होइन । उनी मोडलिङ तथा नृत्य दुवै क्षेत्रमा सक्रिय छन् । उनी ‘मिस्टर एन्ड मिस एसइई २०२४’ का विजेता हुन् । टिकटकमा उनलाई पछ्याउनेको संख्या ३० हजारभन्दा बढी छ । टिकटकमा उनका भिडियो हेर्दा, उनी प्रतिभाशाली डान्सर र कोरियोग्राफर रहेको बुझ्न सकिन्छ ।

सामाजिक सञ्जालमा उनले बनाएका डान्स भिडियोलाई धेरैले रुचाएका छन् । आफ्नो शैलीमा, आत्मविश्वाससँग नृत्य गर्ने गौरवका स्टेपमा मौलिकता झल्किन्छ । यही कारण हुनसक्छ, नोरा फतेहीले उनलाई पहिचान गरिन्, त्यो पनि भीडमाझ । यो क्षणले गौरवलाई रातमै भाइरल बनाइदियो । अहिले सामाजिक सञ्जालमा ‘गौरव सिटौला को हुन् ?’ भनेर सर्च गर्नेको संख्या बढेको देखिन्छ ।

Your ads banner
Gravatar

Lila Ballabh

About Author

विद्युतीय वायरिङ, प्लम्बिङ, मोबाइल एप डेभलपमेन्ट तथा WordPress वेबसाइट निर्माणमा अनुभवी प्राविधिक। गुणस्तरीय र भरपर्दो सेवामा प्रतिबद्ध।

तपाईको प्रतिक्रिया

ताजा समाचार

माडी महोत्सवमा पत्रकारमाथि दुर्व्यवहारको आरोप

  • आइतबार, बैशाख १३, २०८३

मतदाता संख्या घट्नुमा निर्वाचन आयोगकै अपुष्ट सूचना जिम्मेवार?

  • बिहिबार, फागुन २१, २०८२

जनकराज भुसाल ‘भुपराज पाठक स्मृति शिक्षक पुरस्कार’ बाट सम्मानित

  • मङ्गलबार, फागुन १२, २०८२

श्री राष्ट्रिय आधारभुत विद्यालय रतनीमा प्राविधिक सीप तालिम सम्पन्न: विद्यार्थीहरू लाभान्वित

  • मङ्गलबार, कार्तिक २५, २०८२

माडी नगरमा विध्युत आपूर्ति अनियमित हुँदै, दिनहुँजसो बिनासूचना घण्टौंसम्म बिजुली अवरुद्ध

  • मङ्गलबार, असार ३१, २०८२
NEA-Chanauli

माडीको सिमरा गाउँ जोड्ने रीउ नदी झोलुङ्गे पुलको सामानहरु माडी ल्याइयो

  • मङ्गलबार, असार ३१, २०८२
Simaa-Jholunge-Pul