Magazine Theme

सोमेश्वरगढी मेलाको तयारी अन्तिम चरणमा, मन्दिर क्षेत्रमा मदिरा सेवन र बिक्रीवितरण प्रतिबन्धित

Your ads banner
Someshwar-Mandir
Your ads banner

माडी, चितवन । नेपाल र भारतको सीमावर्ती क्षेत्रमा पर्ने माडीको धार्मिक एवं पर्यटकीयस्थल सोमेश्वरगढीमा लाग्ने रामनवमी मेलाको तयारी अन्तिम चरणमा पुगेको छ । सोमेश्वरगढीमा आउँदो चैत शुक्ल प्रतिपदा अर्थात् चैत्र १७ गते आइतबारदेखि चैत्र २६ गते १० दिनसम्म रामनवमी अर्थात् चैते दशैं मेला लाग्न लागेको हो ।

विज्ञापन १
Ntc Ads

बर्षेनी लाखौँ श्रद्धालु भक्तजनहरुले सोमेश्वरगढीमा रहेको कालिका मन्दिरमा पूजा तथा दर्शन एवं बलि दिने गरेका र यसवर्ष पनि अघिल्लो वर्षभन्दा अधिकरुपमा श्रद्धालु भक्तजनहरुको उपस्थिति रहने अपेक्षा गरिएको सोमेश्वरगढी संरक्षण तथा व्यवस्थापन समितिका अध्यक्ष पीताम्बर पोखरेलले बताउनुभयो ।

विज्ञापन २
Your ads banner

पूजा र मेलाको व्यवस्थापनअन्तर्गत समितिले सोमेश्वर कालिका मन्दिरसम्मै पानीको व्यवस्था, औषधि उपचारको प्रबन्ध, सरसफाइ, प्रसाद व्यवस्थापन र पङ्क्तिबद्ध आवतजावतको प्रबन्ध गरिएको छ । बर्सेनि लाखौँ भक्तजनहरुले पूजा एवं दर्शन गर्दै आएको माडीको सोमेश्वरगढी मेलामा मदिरा सेवन र बिक्रीवितरण प्रतिबन्धित गरिएको छ ।

तराईको सगरमाथा पनि भनिने सोमेश्वर पर्वत नेपाल–भारत सिमानाको सबैभन्दा अग्लो शिखर हो । यो क्षेत्रमा नेपाल–भारतको ४५ नम्बर सीमास्तम्भ छ । पाल्पाका राजा मुकुन्द सेनले अङ्ग्रेजबाट बचाउन यहाँ गढी निर्माण गरेका थिए । बसन्तपुर बजारबाट सोमेश्वरगढी फेदी करिब ११ किमीको दूरीमा छ र स्तरीय सडकमार्ग निर्माण भएको छ ।

Your ads banner
Gravatar

Lila Ballabh

About Author

The was popularised in their morwith the release offer Letraset sheeteis Moreme assages and more recently with desktop publishing software.m dolor sit amet consectetur adipiscing elit.

तपाईको प्रतिक्रिया

ताजा समाचार

माडी नगरमा विध्युत आपूर्ति अनियमित हुँदै, दिनहुँजसो बिनासूचना घण्टौंसम्म बिजुली अवरुद्ध

  • मङ्गलबार, असार ३१, २०८२
NEA-Chanauli

माडीको सिमरा गाउँ जोड्ने रीउ नदी झोलुङ्गे पुलको सामानहरु माडी ल्याइयो

  • मङ्गलबार, असार ३१, २०८२
Simaa-Jholunge-Pul

माडी क्षेत्रमा चलेको ठूलो हावाहुण्डरीका कारण केहि घरको छानो उडायो, स्कुल र रेडियोमा पनि क्षति

  • मङ्गलबार, असार ३१, २०८२
Hawako-Binas-Madi

बज्रगुरु कन्स्ट्रक्सन : काममा ढिलासुस्तीको पर्याय; माडीमा कालोपत्रे पुरा गर्ने छाँटकाँट देखिएन

  • आइतबार, जेठ ०४, २०८२
Bajraguru Road

नोरासँग ‘बेली डान्स’ गरेपछि इन्टरनेटमा धेरै खोजिएका नेपाली टिकटकर को हुन् ?

  • आइतबार, जेठ ०४, २०८२
nora_fatehi_tiktokor

सोमेश्वरगढी मेलाको तयारी अन्तिम चरणमा, मन्दिर क्षेत्रमा मदिरा सेवन र बिक्रीवितरण प्रतिबन्धित

  • शनिबार, चैत १६, २०८१
Someshwar-Mandir