Magazine Theme

बज्रगुरु कन्स्ट्रक्सन : काममा ढिलासुस्तीको पर्याय; माडीमा कालोपत्रे पुरा गर्ने छाँटकाँट देखिएन

Your ads banner
Bajraguru Road
Your ads banner

माडी, चितवन — पूर्वी माडीको हुलाकी सडकमा प्राइम छरेको महिनौं बिताइसकेको र पटक पटक आफैले बोलेको समयसीमा गुजारेर कुख्याती कमाइरहेको बज्रगुरु कन्स्ट्रक्सले अझै काम सुचारु गर्ने छाँटकाँट देखाएको छैन ।शनिवार दिउँसो स्वदेश एफ.एम.को प्रश्नमा ठेकदार कम्पनीका प्रतिनिधि तुलसी घिमिरेले अस्फाल्ट राख्ने मजदुर समूह आइनपुगेकोले काम रोकिएको बताए । उनले कहिलेबाट सुचारु गर्ने ठेट जवाफ दिन सक्ने अवस्था नरहेको पनि बताए ।

विज्ञापन १
Ntc Ads

यसअघि बैशाख २० गतेभित्र सो सडक खण्डमा बि.बि.एम. सहित अस्फाल्टको काम पुरा गरिसक्ने उनको सार्वजनिक प्रतिवद्धता थियो । तर प्रतिवद्धता बमोजिम बैशाखमा काम पुरा हुन त के, सुरुवात समेत हुन सकेन ।

विज्ञापन २
Your ads banner

करीब २.५ किलोमिटर लम्बाइको सो सडकमा चैत अन्तिम साता प्राइम छर्किइएको हो । सो समयदेखि नै हुलाकी सडकमा डाइभर्सन चलिरहेकाले सवारी चालक र स्थानीयबासीले सास्ती पाइरहेका छन् । अझै कहिलेसम्म यातायात प्रभावित रहने, अनिश्चित नै छ ।

देबेन्द्रपुरको सीमामा रहेको परुई खोलादेखि बगहीसम्म करीब ८.१५७ किलोमिटर लम्बाई तथा ७ मिटर चौडाईको सो दुईतर्फी कालोपत्रे सडक हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय वीरगंजको ३५ करोड लागतमा निर्माण भइरहेको हो । ठेकदार घिमिरेले सडकमा राख्ने बेस निकाल्ने भन्दै घाँघर खोलामा ‘अस्थायी क्रसर’ चलाइआएका छन् । क्रसरबाट बालुवाको अवैध विक्री वितरण गर्नेगरेको उनीमाथि आरोप लाग्ने गरेको छ । यसैबित, सडक निर्माणमा खबरदारी गर्ने भन्दै आफूलाई ‘खबरदारी अभियान माडी’ बताउने एक समूहले समेत शनिवार ठेकदार घिमिरेलाई भेट गरी खबरदारी गरेको छ।

Your ads banner
Gravatar

Lila Ballabh

About Author

The was popularised in their morwith the release offer Letraset sheeteis Moreme assages and more recently with desktop publishing software.m dolor sit amet consectetur adipiscing elit.

तपाईको प्रतिक्रिया

ताजा समाचार

माडी नगरमा विध्युत आपूर्ति अनियमित हुँदै, दिनहुँजसो बिनासूचना घण्टौंसम्म बिजुली अवरुद्ध

  • मङ्गलबार, असार ३१, २०८२
NEA-Chanauli

माडीको सिमरा गाउँ जोड्ने रीउ नदी झोलुङ्गे पुलको सामानहरु माडी ल्याइयो

  • मङ्गलबार, असार ३१, २०८२
Simaa-Jholunge-Pul

माडी क्षेत्रमा चलेको ठूलो हावाहुण्डरीका कारण केहि घरको छानो उडायो, स्कुल र रेडियोमा पनि क्षति

  • मङ्गलबार, असार ३१, २०८२
Hawako-Binas-Madi

बज्रगुरु कन्स्ट्रक्सन : काममा ढिलासुस्तीको पर्याय; माडीमा कालोपत्रे पुरा गर्ने छाँटकाँट देखिएन

  • आइतबार, जेठ ०४, २०८२
Bajraguru Road

नोरासँग ‘बेली डान्स’ गरेपछि इन्टरनेटमा धेरै खोजिएका नेपाली टिकटकर को हुन् ?

  • आइतबार, जेठ ०४, २०८२
nora_fatehi_tiktokor

सोमेश्वरगढी मेलाको तयारी अन्तिम चरणमा, मन्दिर क्षेत्रमा मदिरा सेवन र बिक्रीवितरण प्रतिबन्धित

  • शनिबार, चैत १६, २०८१
Someshwar-Mandir