Magazine Theme

अस्ताए माडीमा बिजुली बिस्तारका सुरुवती अभियानकर्ता दण्डपाणी बस्याल

Your ads banner
Graphic design
Your ads banner

माडी, चितवन । माडीमा बिजुली बिस्तारका सुरुवती अभियानकर्ता एवं नेपाल विध्युत प्राधिकरणका पूर्व निर्देशक तथा प्रवक्ता, माडी-५, राधापुर निवासी दण्डपाणी बस्यालको निधन भएको छ ।

विज्ञापन १
Ntc Ads

पछिल्लो समय बुढानिलकण्ठ नगरपालिका-४, पासीकोट, काठमाडौंमा बस्दै आउनुभएका बस्यालकै पहलमा पचासको दशकमा माडीमा बिजुलीको पोल र तार बिस्तार भएको थियो । त्यसबेला, माडीभित्रै बिजुली उत्पादनको प्रयासमा यहाँस्थित बैकुण्ठ र मगोइ नदीमा लघु जलविध्युत केन्द्र स्थापनाको सम्भाव्यता अध्ययन गरिएको थियो ।

विज्ञापन २
Your ads banner

तर त्यो सम्भव र व्यवहारिक नदेखिएसंगै निकुञ्जभित्रबाट भूमिगत केबुल बिछ्याउने समग्र प्रक्रियामा समेत प्राधिकरणको निर्देशक एवं प्रवक्ताका रुपमा बस्यालले मुख्य भूमिका निर्वाह गर्नुभएको थियो । माडीमा विध्युत प्राधिकरण पीडित संघर्ष समितिले बसन्तपुर स्टेशन चार्ज गर्न अवरोध गरेको समयमा भएको त्रिपक्षीय वार्तामा उहाँ प्राधिकरणको टीमबाट सहभागी रही समाधानमा खटिनुभएको थियो ।

दिवंगत बस्यालले माडी माध्यमिक विद्यालय र रामपुरस्थित कृषि क्याम्पसमा शिक्षण समेत गर्नुभएको थियो । २००९ असोज २६ गते जन्मनुभएका उहाँको आज (बिहीबार) साँझ ६ बजे उपचारका क्रममा निधन भएको हो । करीब २ साताको अस्पताल बसाईपछि घरमा ल्याएलगत्तै उहाँको निधन भएको परिवार श्रोतले जनाएको हो । दिवंगत बस्यालप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछौं ।

Your ads banner
Gravatar

Lila Ballabh

About Author

विद्युतीय वायरिङ, प्लम्बिङ, मोबाइल एप डेभलपमेन्ट तथा WordPress वेबसाइट निर्माणमा अनुभवी प्राविधिक। गुणस्तरीय र भरपर्दो सेवामा प्रतिबद्ध।

तपाईको प्रतिक्रिया

ताजा समाचार

मतदाता संख्या घट्नुमा निर्वाचन आयोगकै अपुष्ट सूचना जिम्मेवार?

  • बिहिबार, फागुन २१, २०८२

जनकराज भुसाल ‘भुपराज पाठक स्मृति शिक्षक पुरस्कार’ बाट सम्मानित

  • मङ्गलबार, फागुन १२, २०८२

श्री राष्ट्रिय आधारभुत विद्यालय रतनीमा प्राविधिक सीप तालिम सम्पन्न: विद्यार्थीहरू लाभान्वित

  • मङ्गलबार, कार्तिक २५, २०८२

माडी नगरमा विध्युत आपूर्ति अनियमित हुँदै, दिनहुँजसो बिनासूचना घण्टौंसम्म बिजुली अवरुद्ध

  • मङ्गलबार, असार ३१, २०८२
NEA-Chanauli

माडीको सिमरा गाउँ जोड्ने रीउ नदी झोलुङ्गे पुलको सामानहरु माडी ल्याइयो

  • मङ्गलबार, असार ३१, २०८२
Simaa-Jholunge-Pul

माडी क्षेत्रमा चलेको ठूलो हावाहुण्डरीका कारण केहि घरको छानो उडायो, स्कुल र रेडियोमा पनि क्षति

  • मङ्गलबार, असार ३१, २०८२
Hawako-Binas-Madi