Magazine Theme

अस्ताए माडीमा बिजुली बिस्तारका सुरुवती अभियानकर्ता दण्डपाणी बस्याल

Your ads banner
Graphic design
Your ads banner

माडी, चितवन । माडीमा बिजुली बिस्तारका सुरुवती अभियानकर्ता एवं नेपाल विध्युत प्राधिकरणका पूर्व निर्देशक तथा प्रवक्ता, माडी-५, राधापुर निवासी दण्डपाणी बस्यालको निधन भएको छ ।

विज्ञापन १
Ntc Ads

पछिल्लो समय बुढानिलकण्ठ नगरपालिका-४, पासीकोट, काठमाडौंमा बस्दै आउनुभएका बस्यालकै पहलमा पचासको दशकमा माडीमा बिजुलीको पोल र तार बिस्तार भएको थियो । त्यसबेला, माडीभित्रै बिजुली उत्पादनको प्रयासमा यहाँस्थित बैकुण्ठ र मगोइ नदीमा लघु जलविध्युत केन्द्र स्थापनाको सम्भाव्यता अध्ययन गरिएको थियो ।

विज्ञापन २
Your ads banner

तर त्यो सम्भव र व्यवहारिक नदेखिएसंगै निकुञ्जभित्रबाट भूमिगत केबुल बिछ्याउने समग्र प्रक्रियामा समेत प्राधिकरणको निर्देशक एवं प्रवक्ताका रुपमा बस्यालले मुख्य भूमिका निर्वाह गर्नुभएको थियो । माडीमा विध्युत प्राधिकरण पीडित संघर्ष समितिले बसन्तपुर स्टेशन चार्ज गर्न अवरोध गरेको समयमा भएको त्रिपक्षीय वार्तामा उहाँ प्राधिकरणको टीमबाट सहभागी रही समाधानमा खटिनुभएको थियो ।

दिवंगत बस्यालले माडी माध्यमिक विद्यालय र रामपुरस्थित कृषि क्याम्पसमा शिक्षण समेत गर्नुभएको थियो । २००९ असोज २६ गते जन्मनुभएका उहाँको आज (बिहीबार) साँझ ६ बजे उपचारका क्रममा निधन भएको हो । करीब २ साताको अस्पताल बसाईपछि घरमा ल्याएलगत्तै उहाँको निधन भएको परिवार श्रोतले जनाएको हो । दिवंगत बस्यालप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछौं ।

Your ads banner
Gravatar

Lila Ballabh

About Author

The was popularised in their morwith the release offer Letraset sheeteis Moreme assages and more recently with desktop publishing software.m dolor sit amet consectetur adipiscing elit.

तपाईको प्रतिक्रिया

ताजा समाचार

माडी नगरमा विध्युत आपूर्ति अनियमित हुँदै, दिनहुँजसो बिनासूचना घण्टौंसम्म बिजुली अवरुद्ध

  • मङ्गलबार, असार ३१, २०८२
NEA-Chanauli

माडीको सिमरा गाउँ जोड्ने रीउ नदी झोलुङ्गे पुलको सामानहरु माडी ल्याइयो

  • मङ्गलबार, असार ३१, २०८२
Simaa-Jholunge-Pul

माडी क्षेत्रमा चलेको ठूलो हावाहुण्डरीका कारण केहि घरको छानो उडायो, स्कुल र रेडियोमा पनि क्षति

  • मङ्गलबार, असार ३१, २०८२
Hawako-Binas-Madi

बज्रगुरु कन्स्ट्रक्सन : काममा ढिलासुस्तीको पर्याय; माडीमा कालोपत्रे पुरा गर्ने छाँटकाँट देखिएन

  • आइतबार, जेठ ०४, २०८२
Bajraguru Road

नोरासँग ‘बेली डान्स’ गरेपछि इन्टरनेटमा धेरै खोजिएका नेपाली टिकटकर को हुन् ?

  • आइतबार, जेठ ०४, २०८२
nora_fatehi_tiktokor

सोमेश्वरगढी मेलाको तयारी अन्तिम चरणमा, मन्दिर क्षेत्रमा मदिरा सेवन र बिक्रीवितरण प्रतिबन्धित

  • शनिबार, चैत १६, २०८१
Someshwar-Mandir