Magazine Theme

सन्दर्भ स्ववियु निर्वाचन : फर्जी भर्ना गरिएको भन्दै माडी क्याम्पस प्रशासनमा तालाबन्दी

Your ads banner
Businesses
Your ads banner

भर्ना म्याद सकिएपछि पनि फर्जी विद्यार्थी भर्ना गरिएको भन्दै माडी क्याम्पसका चारवटा विद्यार्थी संगठनले बिरोध गर्दै क्याम्पस प्रशासन कक्षमा तालाबन्दी गरेका छन् ।

विज्ञापन १
Ntc Ads

आउँदो स्वतन्त्र विद्यार्थी युनियनको निवार्चनलाई लक्षित गरी वडा कार्यालयबाट गैरजिम्मेवार रुपमा विद्यार्थी भर्नाको सिफारिस बनाई निवार्चनलाई प्रभावित पार्ने उद्देश्यले अवैध रुपमा क्याम्पस प्रशासन र केही विद्यार्थी संगठनको मिलेमतोमा फर्जी विद्यार्थी भर्ना गरिएको भन्दै तत्काल यो कदम नसच्याए संयुक्त आन्दोलनमा उत्रने विद्यार्थी संगठनहरुले छुट्टाछ्ट्टै विज्ञप्ती जारी गरी क्याम्पस प्रमुख रामकृष्ण क्षेत्रीलाई बुझाई प्रशासनमा तालाबन्दी गरेका हुन् ।

विज्ञापन २
Your ads banner

बिरोधको वक्तव्य जारी गरेका संगठनहरुमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष सूर्य भण्डारी, नेपाल विद्यार्थी संघका अध्यक्ष सुरज लामिछाने, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियनका अध्यक्ष मिरन दनुवार र संयुक्त विद्यार्थी संघका अध्यक्ष सुजन गुरुङ्ग रहनुभएको छ । वक्तव्यमा, माडी क्याम्पस प्रशासनलाई तत्काल फर्जी भर्ना सच्याउन अनुरोध गर्दै आन्दोलनको चेतावनी दिइएको छ ।

Your ads banner
Gravatar

Lila Ballabh

About Author

विद्युतीय वायरिङ, प्लम्बिङ, मोबाइल एप डेभलपमेन्ट तथा WordPress वेबसाइट निर्माणमा अनुभवी प्राविधिक। गुणस्तरीय र भरपर्दो सेवामा प्रतिबद्ध।

तपाईको प्रतिक्रिया

ताजा समाचार

मतदाता संख्या घट्नुमा निर्वाचन आयोगकै अपुष्ट सूचना जिम्मेवार?

  • बिहिबार, फागुन २१, २०८२

जनकराज भुसाल ‘भुपराज पाठक स्मृति शिक्षक पुरस्कार’ बाट सम्मानित

  • मङ्गलबार, फागुन १२, २०८२

श्री राष्ट्रिय आधारभुत विद्यालय रतनीमा प्राविधिक सीप तालिम सम्पन्न: विद्यार्थीहरू लाभान्वित

  • मङ्गलबार, कार्तिक २५, २०८२

माडी नगरमा विध्युत आपूर्ति अनियमित हुँदै, दिनहुँजसो बिनासूचना घण्टौंसम्म बिजुली अवरुद्ध

  • मङ्गलबार, असार ३१, २०८२
NEA-Chanauli

माडीको सिमरा गाउँ जोड्ने रीउ नदी झोलुङ्गे पुलको सामानहरु माडी ल्याइयो

  • मङ्गलबार, असार ३१, २०८२
Simaa-Jholunge-Pul

माडी क्षेत्रमा चलेको ठूलो हावाहुण्डरीका कारण केहि घरको छानो उडायो, स्कुल र रेडियोमा पनि क्षति

  • मङ्गलबार, असार ३१, २०८२
Hawako-Binas-Madi