Magazine Theme

माडी क्षेत्रमा चलेको ठूलो हावाहुण्डरीका कारण केहि घरको छानो उडायो, स्कुल र रेडियोमा पनि क्षति

Your ads banner
Hawako-Binas-Madi
Your ads banner

माडी, चितवन । गएराती माडी क्षेत्रमा चलेको ठूलो हावाहुण्डरीका कारण केहि घरको छानो उडाउनुका साथै विभिन्न ठाउँमा क्षति पुगेको छ ।

विज्ञापन १
Ntc Ads

राती करीब ८ बजे पूर्वी भेगबाट माडीमा प्रवेश गरेको हावाहुण्डरीले माडी-३, बसन्तपुर बजार निवासी तुलसी आचार्यको घरको छानो उडाएको छ । त्यसैगरी माडी-२, भैरवपुर निवासी हरिभक्त श्रेष्ठको गाईगोठको जस्ता उठाएको छ भने माडी-८, खरकट्टा निवासी गोपाल सार्कीको घरसहित छानो उडाएको छ ।

विज्ञापन २
Your ads banner

यसैगरी सोमेश्वर माध्यमिक विद्यालयको बालकक्षाको नवनिर्मित ट्रस र पार्किङ स्ट्याण्डको छानो उडाउनुका साथै चौतारी भत्किन पुगेको छ । यसबाहेक माडी-३, बघौंडा गाउँमा २ वटा घरको छानो उडाएको छ (घटनास्थलमा प्रहरी पुग्न बाँकी) ।

यस्तै स्वदेश एफ.एम.को टावरमा जोडिएको रेडियो यन्त्रमा समेत क्षती पुगेको छ । तीव्र गतिमा चलेको हावाहुरीले कयौं स्थानमा बिजुलीको पोल ढलेका छन् भने रूखहरु भाँचिएको हाम्रा सम्वाददाताहरुले जनाएका छन् ।

Your ads banner
Gravatar

Lila Ballabh

About Author

The was popularised in their morwith the release offer Letraset sheeteis Moreme assages and more recently with desktop publishing software.m dolor sit amet consectetur adipiscing elit.

तपाईको प्रतिक्रिया

ताजा समाचार

माडी नगरमा विध्युत आपूर्ति अनियमित हुँदै, दिनहुँजसो बिनासूचना घण्टौंसम्म बिजुली अवरुद्ध

  • मङ्गलबार, असार ३१, २०८२
NEA-Chanauli

माडीको सिमरा गाउँ जोड्ने रीउ नदी झोलुङ्गे पुलको सामानहरु माडी ल्याइयो

  • मङ्गलबार, असार ३१, २०८२
Simaa-Jholunge-Pul

माडी क्षेत्रमा चलेको ठूलो हावाहुण्डरीका कारण केहि घरको छानो उडायो, स्कुल र रेडियोमा पनि क्षति

  • मङ्गलबार, असार ३१, २०८२
Hawako-Binas-Madi

बज्रगुरु कन्स्ट्रक्सन : काममा ढिलासुस्तीको पर्याय; माडीमा कालोपत्रे पुरा गर्ने छाँटकाँट देखिएन

  • आइतबार, जेठ ०४, २०८२
Bajraguru Road

नोरासँग ‘बेली डान्स’ गरेपछि इन्टरनेटमा धेरै खोजिएका नेपाली टिकटकर को हुन् ?

  • आइतबार, जेठ ०४, २०८२
nora_fatehi_tiktokor

सोमेश्वरगढी मेलाको तयारी अन्तिम चरणमा, मन्दिर क्षेत्रमा मदिरा सेवन र बिक्रीवितरण प्रतिबन्धित

  • शनिबार, चैत १६, २०८१
Someshwar-Mandir