Magazine Theme

तिहार नजिँकिदै गर्दा माडीमा व्यवसायिक पुष्प किसानहरुको खेतमा सयपत्री फुल ढकमक्क

Your ads banner
Sayapatri
Your ads banner

चितवन । तिहार पर्व नजिँकिदै गर्दा माडीमा व्यवसायिक फुलखेती गरेका किसानहरुको खेतमा सयपत्री फुल ढकमक्क फुलेको छ । मुख्यतः माडी नगरपालिका वडा नं. ६ मा एक दर्जन बढी कृषकहरुले व्यवसायिक फुलखेती गरेकोमा हाल सयपत्री फुल फुलेर ढकमक्क देखिएको हो ।

विज्ञापन १
Ntc Ads

वडा नं. ६ कार्यालयले पछिल्लो तीन बर्षदेखि व्यवसायिक फूल खेती प्रवर्द्धन कार्यक्रम अन्तरगत पुष्प कृषकहरुलाई अनुदानमा फूलको बिरुवा वितरण गर्दै आएको वडाध्यक्ष दीपेन्द्रराज पौडेलले बताउनुभयो । गतबर्ष तिहारको समयमा सयपत्री फुल र त्यसबाट बनेको माला विक्री गरी सापेक्षित राम्रै आम्दानी गरेको व्यवसायिक पुष्पखेती गर्ने एक कृषक प्रेम बिष्टले बताउनुभयो ।

विज्ञापन २
Your ads banner

पछिल्लो समय, माडी नगरपालिकाले तिहार लगायत चाडपर्व, कार्यक्रम र मेलामहोत्सवमा प्लाष्टिकको माला प्रयोग नगरी फूलकै माला प्रयोगलाई प्रोत्साहनको नीति लिएको छ । नगरपालिकाको २२औं कार्यपालिका बैठकले प्लाष्टिकजन्य मालाको प्रयोग नगरी स्थानीय कृषकहरूले उत्पादन गरी तयार गरेको फूलकै माला प्रयोग गर्न नगरवासीमा सार्वजनिक अनुरोध गरेको थियो ।

हाल माडी नगरपालिका सयपत्री, मखमली लगायतका अन्य फूलहरूको उत्पादनमा आत्मनिर्भर भएको अवस्था छ । व्यवसायिक कृषकहरुको उत्पादन बाहेक हरेकजसो घरहरुमा पनि मालाका लागि फूलहरु फूलेका छन् ।

Your ads banner
Gravatar

Lila Ballabh

About Author

विद्युतीय वायरिङ, प्लम्बिङ, मोबाइल एप डेभलपमेन्ट तथा WordPress वेबसाइट निर्माणमा अनुभवी प्राविधिक। गुणस्तरीय र भरपर्दो सेवामा प्रतिबद्ध।

तपाईको प्रतिक्रिया

ताजा समाचार

माडी महोत्सवमा पत्रकारमाथि दुर्व्यवहारको आरोप

  • आइतबार, बैशाख १३, २०८३

मतदाता संख्या घट्नुमा निर्वाचन आयोगकै अपुष्ट सूचना जिम्मेवार?

  • बिहिबार, फागुन २१, २०८२

जनकराज भुसाल ‘भुपराज पाठक स्मृति शिक्षक पुरस्कार’ बाट सम्मानित

  • मङ्गलबार, फागुन १२, २०८२

श्री राष्ट्रिय आधारभुत विद्यालय रतनीमा प्राविधिक सीप तालिम सम्पन्न: विद्यार्थीहरू लाभान्वित

  • मङ्गलबार, कार्तिक २५, २०८२

माडी नगरमा विध्युत आपूर्ति अनियमित हुँदै, दिनहुँजसो बिनासूचना घण्टौंसम्म बिजुली अवरुद्ध

  • मङ्गलबार, असार ३१, २०८२
NEA-Chanauli

माडीको सिमरा गाउँ जोड्ने रीउ नदी झोलुङ्गे पुलको सामानहरु माडी ल्याइयो

  • मङ्गलबार, असार ३१, २०८२
Simaa-Jholunge-Pul