Magazine Theme

माडी महोत्सवमा पत्रकारमाथि दुर्व्यवहारको आरोप

Your ads banner
Your ads banner

चितवनको माडी क्षेत्रमा सञ्चालन भइरहेको “माडी सांस्कृतिक तथा पर्यकीय महोत्सव” मा पत्रकार सूर्य पाठकमाथि दुर्व्यवहार भएको आरोप सार्वजनिक भएको छ। पत्रकार पाठकले सामाजिक सञ्जाल फेसबुकमार्फत् आफू र आफ्नो परिवारमाथि आयोजक पक्षबाट अभद्र व्यवहार गरिएको बताएका छन्।

विज्ञापन १
Ntc Ads

पाठकका अनुसार उनी परिवारसहित मेला अवलोकन गरेर फर्किने क्रममा आयोजक समितिका अध्यक्ष हरिकृष्ण लामिछानेसहित रवि भूर्तेल र होमनाथ भट्टराई लगायतले उनलाई घेरेर मोबाइल फोन जाँच (खानतलासी) गरेका थिए। सो क्रममा आफूलाई दुर्व्यवहार गर्नुका साथै ज्यान मार्ने धम्कीसमेत दिइएको उनले दाबी गरेका छन्।

विज्ञापन २
Your ads banner

उनले आयोजकहरूले “माडी सांगीतिक उत्सवभित्र भइरहेको जुवा रोक्न एसपीलाई फोन गरेर दबाब दिएको” आरोप लगाउँदै आफूलाई लक्षित गरी यस्तो व्यवहार गरेको बताएका छन्।

घटनाप्रति आपत्ति जनाउँदै पाठकले दोषीमाथि कारबाही गर्न सरकारसँग माग गरेका छन्। साथै, आफूविरुद्ध लगाइएको आरोपका आधारमा गरिएको दुर्व्यवहारको निष्पक्ष छानबिन हुनुपर्ने उनको भनाइ छ।

उक्त घटनाबारे आयोजक पक्षको औपचारिक प्रतिक्रिया भने हालसम्म सार्वजनिक भएको छैन। स्थानीय प्रशासनले पनि यस विषयमा छानबिन गर्ने कि नगर्ने भन्नेबारे कुनै स्पष्ट धारणा सार्वजनिक गरेको छैन।

यस घटनाले महोत्सवजस्तो सार्वजनिक कार्यक्रममा सुरक्षा व्यवस्था र आचारसंहिताको विषयमा प्रश्न उठाएको छ।

Your ads banner
Gravatar

Lila Ballabh

About Author

विद्युतीय वायरिङ, प्लम्बिङ, मोबाइल एप डेभलपमेन्ट तथा WordPress वेबसाइट निर्माणमा अनुभवी प्राविधिक। गुणस्तरीय र भरपर्दो सेवामा प्रतिबद्ध।

तपाईको प्रतिक्रिया

ताजा समाचार

माडी महोत्सवमा पत्रकारमाथि दुर्व्यवहारको आरोप

  • आइतबार, बैशाख १३, २०८३

मतदाता संख्या घट्नुमा निर्वाचन आयोगकै अपुष्ट सूचना जिम्मेवार?

  • बिहिबार, फागुन २१, २०८२

जनकराज भुसाल ‘भुपराज पाठक स्मृति शिक्षक पुरस्कार’ बाट सम्मानित

  • मङ्गलबार, फागुन १२, २०८२

श्री राष्ट्रिय आधारभुत विद्यालय रतनीमा प्राविधिक सीप तालिम सम्पन्न: विद्यार्थीहरू लाभान्वित

  • मङ्गलबार, कार्तिक २५, २०८२

माडी नगरमा विध्युत आपूर्ति अनियमित हुँदै, दिनहुँजसो बिनासूचना घण्टौंसम्म बिजुली अवरुद्ध

  • मङ्गलबार, असार ३१, २०८२
NEA-Chanauli

माडीको सिमरा गाउँ जोड्ने रीउ नदी झोलुङ्गे पुलको सामानहरु माडी ल्याइयो

  • मङ्गलबार, असार ३१, २०८२
Simaa-Jholunge-Pul