Magazine Theme

११५औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा माडीमा अन्तरक्रिया कार्यक्रम सञ्चालित

Your ads banner
Shramik Mahila
Your ads banner

११५औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा माडीमा अगुवा कृषक एवं महिला उद्यमीहरुबिच अन्तरक्रिया कार्यक्रम सञ्चालन भएको छ । महिला उद्यमी संघ नेपाल चितवनको आयोजना तथा माडी नगरपालिका कृषि शाखाको समन्वयमा सम्पन्न सो कार्यक्रममा अगुवा एवं व्यवसायिक कृषक तथा महिला कृषि उद्यमीहरुबिच अन्तरसंवाद भएको हो ।

विज्ञापन १
Ntc Ads

कार्यक्रममा बोल्दै एग्रो नाइन कम्पनीका कृषि विज्ञ टुकनारायण पौडेल र माडी प्राङ्गारिक कृषि फर्म तथा अनुसन्धान केन्द्रका बैज्ञानिक डा. भानेश्वर पोखरेलले कृषिलाई उद्यमका रुपमा विकास गर्न सकिने सम्भावनाहरु प्रस्तुत गर्दै त्यसतर्फ अग्रसर हुन सबैमा अनुरोध गर्नुभयो ।

विज्ञापन २
Your ads banner

त्यस्तै महिला उद्यमी महासंघ नेपालका बोर्ड सदस्य एवं बागमती प्रदेश प्रतिनिधि अर्पणा प्रधान भण्डारीले महिलाहरुद्वारा सञ्चालित उद्यम एवं पेशाजन्य उपलब्धी, समस्या र चुनौतीहरुबारे जानकारी गराउनुभयो ।

माडी नगरप्रमुख ताराकुमारी काजी महतोको प्रमुख अतिथ्यमा सञ्चालित सो कार्यक्रममा अध्यक्षता समेत गर्नुभएका महिला उद्यमी संघ चितवनका अध्यक्ष श्वेता उपाध्यायले प्राकृतिक रूपमा आकर्षक र रमणीय रहेकाको माडी क्षेत्रमा बोटनिकल गार्डेन निर्माण गर्न सुझाव दिनुभयो ।

महिला उद्यमी संघ नेपाल चितवनले माडीको बसन्तपुरमा सञ्चालित दोश्रो माडी साँस्कृतिक तथा पर्यटन मेलामा १५ वटा स्टल राखी सोमार्फत स्थानीय महिला उद्यमीहरुको विभिन्न उत्पादनहरुको प्रदर्शन र प्रवर्द्धन समेत गरेको छ ।

Your ads banner
Gravatar

Lila Ballabh

About Author

विद्युतीय वायरिङ, प्लम्बिङ, मोबाइल एप डेभलपमेन्ट तथा WordPress वेबसाइट निर्माणमा अनुभवी प्राविधिक। गुणस्तरीय र भरपर्दो सेवामा प्रतिबद्ध।

तपाईको प्रतिक्रिया

ताजा समाचार

मतदाता संख्या घट्नुमा निर्वाचन आयोगकै अपुष्ट सूचना जिम्मेवार?

  • बिहिबार, फागुन २१, २०८२

जनकराज भुसाल ‘भुपराज पाठक स्मृति शिक्षक पुरस्कार’ बाट सम्मानित

  • मङ्गलबार, फागुन १२, २०८२

श्री राष्ट्रिय आधारभुत विद्यालय रतनीमा प्राविधिक सीप तालिम सम्पन्न: विद्यार्थीहरू लाभान्वित

  • मङ्गलबार, कार्तिक २५, २०८२

माडी नगरमा विध्युत आपूर्ति अनियमित हुँदै, दिनहुँजसो बिनासूचना घण्टौंसम्म बिजुली अवरुद्ध

  • मङ्गलबार, असार ३१, २०८२
NEA-Chanauli

माडीको सिमरा गाउँ जोड्ने रीउ नदी झोलुङ्गे पुलको सामानहरु माडी ल्याइयो

  • मङ्गलबार, असार ३१, २०८२
Simaa-Jholunge-Pul

माडी क्षेत्रमा चलेको ठूलो हावाहुण्डरीका कारण केहि घरको छानो उडायो, स्कुल र रेडियोमा पनि क्षति

  • मङ्गलबार, असार ३१, २०८२
Hawako-Binas-Madi