Magazine Theme

घाँसेमैदान व्यवस्थापनका लागि चितवन राष्ट्रिय निकुञ्जले निकुञ्जभित्र डढेलो लगाउँदै

Your ads banner
forest fire
Your ads banner

चितवन राष्ट्रिय निकुञ्जले निकुञ्जभित्र डढेलो लगाउन थालेको छ । निकुञ्जभित्र घाँसेमैदान व्यवस्थापनका लागि भन्दै नियन्त्रित डढेलो लगाउने काम सुरु भएको निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका बताउनुभयो ।

विज्ञापन १
Ntc Ads

निकुञ्जमा रहेको १० हजार हेक्टर क्षेत्रफल घाँसेमैदानमध्ये अहिले तीन सय हेक्टर क्षेत्रफल घाँसेमैदान व्यवस्थापन गरिएको छ । बजेट अभावका कारण सबै क्षेत्रमा घाँसेमैदान व्यवस्थापन गर्न नसकिएको उहाँले बताउनुभयो । नियन्त्रित डढेलोबाट वन्यजन्तुले नखाने घाँस डढ्ने गर्दछ । घाँसेमैदानमा नियन्त्रित डढेलो लगाउँदा नयाँ र कलिलो घाँस पलाउने हुँदा जनावरलाई चरनका लागि सहज हुने उहाँले बताउनुभयो ।

विज्ञापन २
Your ads banner

डढेलो पछि उम्रने कलिला घाँसका कारण वन्यजन्तु बस्ती पस्न रोकिने सूचना अधिकारी थापामगरले बताउनुभयो । अनियन्त्रित रूपमा हुने डढेलो भने निकुञ्जले नियन्त्रण गर्ने गर्दछ । चर्को गर्मीसँगै निकुञ्जभित्र अनियन्त्रित डढेलो लाग्ने गर्दछ, जसले वन र वन्यजन्तुलाई क्षति पुर्‍याउने गर्दछ । क्षति कम गर्नका लागि नियन्त्रित डढेलो लगाइने गरिन्छ ।

Your ads banner
Gravatar

Lila Ballabh

About Author

विद्युतीय वायरिङ, प्लम्बिङ, मोबाइल एप डेभलपमेन्ट तथा WordPress वेबसाइट निर्माणमा अनुभवी प्राविधिक। गुणस्तरीय र भरपर्दो सेवामा प्रतिबद्ध।

तपाईको प्रतिक्रिया

ताजा समाचार

माडी महोत्सवमा पत्रकारमाथि दुर्व्यवहारको आरोप

  • आइतबार, बैशाख १३, २०८३

मतदाता संख्या घट्नुमा निर्वाचन आयोगकै अपुष्ट सूचना जिम्मेवार?

  • बिहिबार, फागुन २१, २०८२

जनकराज भुसाल ‘भुपराज पाठक स्मृति शिक्षक पुरस्कार’ बाट सम्मानित

  • मङ्गलबार, फागुन १२, २०८२

श्री राष्ट्रिय आधारभुत विद्यालय रतनीमा प्राविधिक सीप तालिम सम्पन्न: विद्यार्थीहरू लाभान्वित

  • मङ्गलबार, कार्तिक २५, २०८२

माडी नगरमा विध्युत आपूर्ति अनियमित हुँदै, दिनहुँजसो बिनासूचना घण्टौंसम्म बिजुली अवरुद्ध

  • मङ्गलबार, असार ३१, २०८२
NEA-Chanauli

माडीको सिमरा गाउँ जोड्ने रीउ नदी झोलुङ्गे पुलको सामानहरु माडी ल्याइयो

  • मङ्गलबार, असार ३१, २०८२
Simaa-Jholunge-Pul