Magazine Theme

दोश्रो माडी साँस्कृतिक तथा पर्यटन उत्सवको प्रचार प्रसार सुरु, स्टल स्टेज र घेराबार निर्माण हुँदै

Your ads banner
Madi Mela
Your ads banner

माडीको बसन्तपुरमा फागुन २२ देखि चैत २ गतेसम्म सञ्चालन हुने दोश्रो माडी साँस्कृतिक तथा पर्यटन उत्सव-२०८१ को प्रचारप्रसार सुरु भएको छ । मेलाको प्रचारको अडियो, भिडियो र पोस्टर सामग्रीहरु तयार भई प्रकाशन प्रशारण, पोष्टिङ र पेष्टिङ कार्य अगाडि बढेको हो ।

विज्ञापन १
Ntc Ads

बसन्तपुर बजारस्थित चौरको स्तरिकरणका उद्देश्यले माडी कला केन्द्रको मुख्य आयोजना र द लिड इन्टरटेनमेन्ट एण्ड एड्भरटाइजिङको व्यवस्थापनमा सो मेला सञ्चालन हुन लागेको हो । हाल मेलास्थलमा घेराबार, स्टल र स्टेज निर्माण कार्य अगाडि बढेको छ ।

विज्ञापन २
Your ads banner

मेला आयोजक पक्षले कलाकारहरुको प्रस्तुति तालिका समेत सार्वजनिक गरेको छ । जसअनुसार फागुन २२ गते जनगायक जीवन शर्मा, २३ गते लोकदोहोरी गायक श्याम राना, २४ गते र्यापर मिस्टर डी, २५ गते लोकदोहोरी गायिका ज्योति मगर तथा फागुन २६ गते गायक हेमन्त शर्मा, रवि रिमाल र प्रमोद जख्मीको प्रस्तुति रहनेछ ।

त्यस्तै फागुन २७ गते गायिका अनु चौधरी, २८ गते गायक प्रकाश दुतराज, २९ गते (पहाडमा होलीका दिन) भोजपुरी डान्सर प्रिती पासवान, चैत १ गते (तराईमा होलीका दिन) नायक पल शाह र चैत २ गते शनिवार गायक खेम सेन्चुरीको प्रस्तुति रहने कार्यतालिका रहेको छ ।

Your ads banner
Gravatar

Lila Ballabh

About Author

विद्युतीय वायरिङ, प्लम्बिङ, मोबाइल एप डेभलपमेन्ट तथा WordPress वेबसाइट निर्माणमा अनुभवी प्राविधिक। गुणस्तरीय र भरपर्दो सेवामा प्रतिबद्ध।

तपाईको प्रतिक्रिया

ताजा समाचार

माडी महोत्सवमा पत्रकारमाथि दुर्व्यवहारको आरोप

  • आइतबार, बैशाख १३, २०८३

मतदाता संख्या घट्नुमा निर्वाचन आयोगकै अपुष्ट सूचना जिम्मेवार?

  • बिहिबार, फागुन २१, २०८२

जनकराज भुसाल ‘भुपराज पाठक स्मृति शिक्षक पुरस्कार’ बाट सम्मानित

  • मङ्गलबार, फागुन १२, २०८२

श्री राष्ट्रिय आधारभुत विद्यालय रतनीमा प्राविधिक सीप तालिम सम्पन्न: विद्यार्थीहरू लाभान्वित

  • मङ्गलबार, कार्तिक २५, २०८२

माडी नगरमा विध्युत आपूर्ति अनियमित हुँदै, दिनहुँजसो बिनासूचना घण्टौंसम्म बिजुली अवरुद्ध

  • मङ्गलबार, असार ३१, २०८२
NEA-Chanauli

माडीको सिमरा गाउँ जोड्ने रीउ नदी झोलुङ्गे पुलको सामानहरु माडी ल्याइयो

  • मङ्गलबार, असार ३१, २०८२
Simaa-Jholunge-Pul