Magazine Theme

नेपाली क्रिकेटको भविष्य सुन्दर रहेको क्यान सचिव पारस खड्काको भनाई

Your ads banner
Paras Khadka
Your ads banner

नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले नेपाली क्रिकेटको भविष्य सुन्दर रहेको बताउनुभएको छ ।

विज्ञापन १
Ntc Ads

नेपालमा क्रिकेट खेलको क्रमशः विकास भइरहेको र नेपाली महिला र पुरुष क्रिकेटरहरुले देश विदेशमा उपाधी जितिरहेको उल्लेख गर्दै नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान समेत रहनुभएका खड्काले नेपालमा एन.पि.एल.को पहिलो संस्करण सम्पन्न भएकोमा सुन्दर भविष्यको संकेत गरेको र नयाँ सपना जगाएको बताउनुभयो ।

विज्ञापन २
Your ads banner

माडीको बसन्तपुरमा आयोजित आठौं वातासिनो माडी क्रिकेट कप राष्ट्रियस्तरको (खुल्ला) क्रिकेट प्रतियोगिता-२०८१ को प्रमुख अतिथिका रुपमा समुद्घाटन मन्तव्यका क्रममा उहाँले सो कुरा बताउनुभएको हो । नेपालमा पुरुषसंगै महिला क्रिकेट पनि अगाडि बढिरहेको बताउँदै उहाँले नेपाली क्रिकेटलाई बलियो बनाउन स्थानीय प्रतियोगिताहरु महत्वपूर्ण हुने र यसबाट खेलाडी उत्पादनमा सहयोग पुग्ने बिचार व्यक्त गर्नुभयो ।

माडीमा सञ्चालन सुरु भएको सो प्रतियोगितालाई सहयोग र माया गरिदिन अनुरोध गर्दै उहाँले सफलताको शुभकामना व्यक्त समेत गर्नुभयो । त्यसक्रममा क्यान सचिव खड्काले प्रतियोगिताको ट्रफी अनावरण समेत गर्नुभयो । समुद्घाटन पूर्व खड्कालाई पञ्चेबाजा सहित बसन्तपुर बजारमा भव्य स्वागत गरिएको थियो । शनिवार (आज) सुरुवात भएको सो प्रतियोगिता आउँदो फाल्गुन ३ गतेसम्म जारी रहनेछ । प्रतियोगितामा राष्ट्रियस्तरका ८ वटा टीमको सहभागिता रहेको छ ।

Your ads banner
Gravatar

Lila Ballabh

About Author

विद्युतीय वायरिङ, प्लम्बिङ, मोबाइल एप डेभलपमेन्ट तथा WordPress वेबसाइट निर्माणमा अनुभवी प्राविधिक। गुणस्तरीय र भरपर्दो सेवामा प्रतिबद्ध।

तपाईको प्रतिक्रिया

ताजा समाचार

मतदाता संख्या घट्नुमा निर्वाचन आयोगकै अपुष्ट सूचना जिम्मेवार?

  • बिहिबार, फागुन २१, २०८२

जनकराज भुसाल ‘भुपराज पाठक स्मृति शिक्षक पुरस्कार’ बाट सम्मानित

  • मङ्गलबार, फागुन १२, २०८२

श्री राष्ट्रिय आधारभुत विद्यालय रतनीमा प्राविधिक सीप तालिम सम्पन्न: विद्यार्थीहरू लाभान्वित

  • मङ्गलबार, कार्तिक २५, २०८२

माडी नगरमा विध्युत आपूर्ति अनियमित हुँदै, दिनहुँजसो बिनासूचना घण्टौंसम्म बिजुली अवरुद्ध

  • मङ्गलबार, असार ३१, २०८२
NEA-Chanauli

माडीको सिमरा गाउँ जोड्ने रीउ नदी झोलुङ्गे पुलको सामानहरु माडी ल्याइयो

  • मङ्गलबार, असार ३१, २०८२
Simaa-Jholunge-Pul

माडी क्षेत्रमा चलेको ठूलो हावाहुण्डरीका कारण केहि घरको छानो उडायो, स्कुल र रेडियोमा पनि क्षति

  • मङ्गलबार, असार ३१, २०८२
Hawako-Binas-Madi