Magazine Theme

सोमेश्वरगढी मेलाको तयारी अन्तिम चरणमा, मन्दिर क्षेत्रमा मदिरा सेवन र बिक्रीवितरण प्रतिबन्धित

Your ads banner
Someshwar-Mandir
Your ads banner

माडी, चितवन । नेपाल र भारतको सीमावर्ती क्षेत्रमा पर्ने माडीको धार्मिक एवं पर्यटकीयस्थल सोमेश्वरगढीमा लाग्ने रामनवमी मेलाको तयारी अन्तिम चरणमा पुगेको छ । सोमेश्वरगढीमा आउँदो चैत शुक्ल प्रतिपदा अर्थात् चैत्र १७ गते आइतबारदेखि चैत्र २६ गते १० दिनसम्म रामनवमी अर्थात् चैते दशैं मेला लाग्न लागेको हो ।

विज्ञापन १
Ntc Ads

बर्षेनी लाखौँ श्रद्धालु भक्तजनहरुले सोमेश्वरगढीमा रहेको कालिका मन्दिरमा पूजा तथा दर्शन एवं बलि दिने गरेका र यसवर्ष पनि अघिल्लो वर्षभन्दा अधिकरुपमा श्रद्धालु भक्तजनहरुको उपस्थिति रहने अपेक्षा गरिएको सोमेश्वरगढी संरक्षण तथा व्यवस्थापन समितिका अध्यक्ष पीताम्बर पोखरेलले बताउनुभयो ।

विज्ञापन २
Your ads banner

पूजा र मेलाको व्यवस्थापनअन्तर्गत समितिले सोमेश्वर कालिका मन्दिरसम्मै पानीको व्यवस्था, औषधि उपचारको प्रबन्ध, सरसफाइ, प्रसाद व्यवस्थापन र पङ्क्तिबद्ध आवतजावतको प्रबन्ध गरिएको छ । बर्सेनि लाखौँ भक्तजनहरुले पूजा एवं दर्शन गर्दै आएको माडीको सोमेश्वरगढी मेलामा मदिरा सेवन र बिक्रीवितरण प्रतिबन्धित गरिएको छ ।

तराईको सगरमाथा पनि भनिने सोमेश्वर पर्वत नेपाल–भारत सिमानाको सबैभन्दा अग्लो शिखर हो । यो क्षेत्रमा नेपाल–भारतको ४५ नम्बर सीमास्तम्भ छ । पाल्पाका राजा मुकुन्द सेनले अङ्ग्रेजबाट बचाउन यहाँ गढी निर्माण गरेका थिए । बसन्तपुर बजारबाट सोमेश्वरगढी फेदी करिब ११ किमीको दूरीमा छ र स्तरीय सडकमार्ग निर्माण भएको छ ।

Your ads banner
Gravatar

Lila Ballabh

About Author

विद्युतीय वायरिङ, प्लम्बिङ, मोबाइल एप डेभलपमेन्ट तथा WordPress वेबसाइट निर्माणमा अनुभवी प्राविधिक। गुणस्तरीय र भरपर्दो सेवामा प्रतिबद्ध।

तपाईको प्रतिक्रिया

ताजा समाचार

माडी महोत्सवमा पत्रकारमाथि दुर्व्यवहारको आरोप

  • आइतबार, बैशाख १३, २०८३

मतदाता संख्या घट्नुमा निर्वाचन आयोगकै अपुष्ट सूचना जिम्मेवार?

  • बिहिबार, फागुन २१, २०८२

जनकराज भुसाल ‘भुपराज पाठक स्मृति शिक्षक पुरस्कार’ बाट सम्मानित

  • मङ्गलबार, फागुन १२, २०८२

श्री राष्ट्रिय आधारभुत विद्यालय रतनीमा प्राविधिक सीप तालिम सम्पन्न: विद्यार्थीहरू लाभान्वित

  • मङ्गलबार, कार्तिक २५, २०८२

माडी नगरमा विध्युत आपूर्ति अनियमित हुँदै, दिनहुँजसो बिनासूचना घण्टौंसम्म बिजुली अवरुद्ध

  • मङ्गलबार, असार ३१, २०८२
NEA-Chanauli

माडीको सिमरा गाउँ जोड्ने रीउ नदी झोलुङ्गे पुलको सामानहरु माडी ल्याइयो

  • मङ्गलबार, असार ३१, २०८२
Simaa-Jholunge-Pul