Magazine Theme

बज्रगुरु कन्स्ट्रक्सन : काममा ढिलासुस्तीको पर्याय; माडीमा कालोपत्रे पुरा गर्ने छाँटकाँट देखिएन

Your ads banner
Bajraguru Road
Your ads banner

माडी, चितवन — पूर्वी माडीको हुलाकी सडकमा प्राइम छरेको महिनौं बिताइसकेको र पटक पटक आफैले बोलेको समयसीमा गुजारेर कुख्याती कमाइरहेको बज्रगुरु कन्स्ट्रक्सले अझै काम सुचारु गर्ने छाँटकाँट देखाएको छैन ।शनिवार दिउँसो स्वदेश एफ.एम.को प्रश्नमा ठेकदार कम्पनीका प्रतिनिधि तुलसी घिमिरेले अस्फाल्ट राख्ने मजदुर समूह आइनपुगेकोले काम रोकिएको बताए । उनले कहिलेबाट सुचारु गर्ने ठेट जवाफ दिन सक्ने अवस्था नरहेको पनि बताए ।

विज्ञापन १
Ntc Ads

यसअघि बैशाख २० गतेभित्र सो सडक खण्डमा बि.बि.एम. सहित अस्फाल्टको काम पुरा गरिसक्ने उनको सार्वजनिक प्रतिवद्धता थियो । तर प्रतिवद्धता बमोजिम बैशाखमा काम पुरा हुन त के, सुरुवात समेत हुन सकेन ।

विज्ञापन २
Your ads banner

करीब २.५ किलोमिटर लम्बाइको सो सडकमा चैत अन्तिम साता प्राइम छर्किइएको हो । सो समयदेखि नै हुलाकी सडकमा डाइभर्सन चलिरहेकाले सवारी चालक र स्थानीयबासीले सास्ती पाइरहेका छन् । अझै कहिलेसम्म यातायात प्रभावित रहने, अनिश्चित नै छ ।

देबेन्द्रपुरको सीमामा रहेको परुई खोलादेखि बगहीसम्म करीब ८.१५७ किलोमिटर लम्बाई तथा ७ मिटर चौडाईको सो दुईतर्फी कालोपत्रे सडक हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय वीरगंजको ३५ करोड लागतमा निर्माण भइरहेको हो । ठेकदार घिमिरेले सडकमा राख्ने बेस निकाल्ने भन्दै घाँघर खोलामा ‘अस्थायी क्रसर’ चलाइआएका छन् । क्रसरबाट बालुवाको अवैध विक्री वितरण गर्नेगरेको उनीमाथि आरोप लाग्ने गरेको छ । यसैबित, सडक निर्माणमा खबरदारी गर्ने भन्दै आफूलाई ‘खबरदारी अभियान माडी’ बताउने एक समूहले समेत शनिवार ठेकदार घिमिरेलाई भेट गरी खबरदारी गरेको छ।

Your ads banner
Gravatar

Lila Ballabh

About Author

विद्युतीय वायरिङ, प्लम्बिङ, मोबाइल एप डेभलपमेन्ट तथा WordPress वेबसाइट निर्माणमा अनुभवी प्राविधिक। गुणस्तरीय र भरपर्दो सेवामा प्रतिबद्ध।

तपाईको प्रतिक्रिया

ताजा समाचार

माडी महोत्सवमा पत्रकारमाथि दुर्व्यवहारको आरोप

  • आइतबार, बैशाख १३, २०८३

मतदाता संख्या घट्नुमा निर्वाचन आयोगकै अपुष्ट सूचना जिम्मेवार?

  • बिहिबार, फागुन २१, २०८२

जनकराज भुसाल ‘भुपराज पाठक स्मृति शिक्षक पुरस्कार’ बाट सम्मानित

  • मङ्गलबार, फागुन १२, २०८२

श्री राष्ट्रिय आधारभुत विद्यालय रतनीमा प्राविधिक सीप तालिम सम्पन्न: विद्यार्थीहरू लाभान्वित

  • मङ्गलबार, कार्तिक २५, २०८२

माडी नगरमा विध्युत आपूर्ति अनियमित हुँदै, दिनहुँजसो बिनासूचना घण्टौंसम्म बिजुली अवरुद्ध

  • मङ्गलबार, असार ३१, २०८२
NEA-Chanauli

माडीको सिमरा गाउँ जोड्ने रीउ नदी झोलुङ्गे पुलको सामानहरु माडी ल्याइयो

  • मङ्गलबार, असार ३१, २०८२
Simaa-Jholunge-Pul